657 Shares एजेन्सी— पूर्वोत्तर भारत र बंगलादेशमा भाइरल भएको सामूहिक बलात्कारको एउटा भिडियो क्लिपपछि जब प्रहरी बेंगलुरु पूर्वमा स्थित घटनास्थलमा पुग्यो तब दुई अभियुक्तले त्यहाँबाट […]
एजेन्सी— पूर्वोत्तर भारत र बंगलादेशमा भाइरल भएको सामूहिक बलात्कारको एउटा भिडियो क्लिपपछि जब प्रहरी बेंगलुरु पूर्वमा स्थित घटनास्थलमा पुग्यो तब दुई अभियुक्तले त्यहाँबाट भाग्ने कोसिस गरे जसका कारण प्रहरीले उनीहरुमाथि गोली चलाएको छ ।
बेंगलुरु पूर्वको राममूर्तिनगरको एक तीन तले भवनमा एक महिलामाथि बलात्कार र यातनाको यो भिडियो पूर्वोत्तर भारत र बंगलादेशमा भाइरल भएपछि बेंगलुरु प्रहरीले चार पुरुष र दुई महिलालाई पक्राउ गरेको छ ।
यो भिडियोको मूल स्रोत दक्षिणी शहरको एउटा मोबाइल नम्बर पत्ता लागेको छ ।
कर्नाटकका गृहमन्त्री बसावराज बोम्मईले पत्रकारसँगको कुराकानीमा भने, ‘केन्द्रय खेलमन्त्री किरेन रिजिजूले यो घटनाबारे ट्वीट गरे र बेंगलुरु प्रहरीले केही घण्टामा नै अभियुक्तबारे पत्ता लगाएर उनलाई पक्राउ गरेको छ । थप अनुसन्धान जारी छ ।’
सामूहिक बलात्कारकी पीडित र सबै अभियुक्त बंगलादेशका बासिन्दा हुन् । पीडितलाई कथित रुपमा मानव तस्करी अन्तर्गत बेंगलुरु ल्याइएको थियो र सामूहिक बलात्कारको यो घटना करिब ६ दिन अघि भएको थियो ।
को हुन् अभियुक्त ?
बेंगलुरुका प्रहरी कमिश्नर कमल पन्तले ट्वीट गरे, ‘पीडितबारे थप जानकारी प्राप्त गर्नका लागि प्रहरीको समूहलाई छिमेकको एक राज्यमा पनि पठाइएको छ ता कि अनुसन्धानमा यसलाई समावेश गर्न सकियोस् । हालसम्म प्राप्त जानकारी अनुसार यी सबै एकै समूहका हुन् र बंगलादेशका बासिन्दा हुन् । पीडित पनि एक बंगलादेशी हुन् । उनलाई तस्करी गरेर भारत ल्याइएको थियो र पैसाको मामिलामा उनलाई प्रताडित गरियो र उनीमाथि क्रुरता अपनाइयो ।’
एक अन्य अधिकारीले नाम नबताउने शर्तमा भिडियोलाई अभियुक्तले नै रेकर्ड गरेको जसलाई पछि अनलाइनमा सेयर गरिएको बताए ।
अभियुक्तमा रखीमुद्दीन इस्लाम सागर (२३), मोहम्मद बाबू साहिक (३०), हृदोय बाबू (२५) बेंगलुरुका बासिन्दा हुन् जबकी हमिक (२३) हैदराबादका बासिन्दा हुन् । प्रहरीले अहिलेसम्म महिला अभियुक्तको नाम सार्वजनिक गरेको छैन ।
These images are of 5 culprits who are seen brutally torturing & violating a young girl in a viral video.
The time or place of this incident is not clear.
Anyone with information regarding this crime or the criminals may please contact us. They will be rewarded handsomely. pic.twitter.com/ZnNjtK1jr6
शुक्रबार बिहान करिब साढे ६ बजे प्रहरीको टिमले अभियुक्तलाई घटनास्थलमा लिएर जाँदा तीमध्ये दुई जनाले भाग्ने कोसिस गरे ।
बेंगलुरु पूर्वका प्रहरी उपायुक्त एस डी शरनप्पाले भने, ‘हृदोय बाबू र रखीमुद्दीन इस्लाम सागरले हाम्रा मानिसहरुमाथि हमला गर्ने कोसिस गरे र भागे । प्रहरी गोली चलाउन बाध्य भयो । उनीहरुलाई खुट्टामा गोली लागेको छ ।’
कमल कान्तले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘महिलालाई हाम्रो समूहले केरलबाट ल्याइरहेको छ ।’
प्रतिक्रिया
अझै कुनै प्रतिक्रिया छैन।
पहिलो प्रतिक्रिया दिनुहोस्!