document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2945;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— अघिल्लो हप्ता संसारभरी कोरोनाका नयाँ संक्रमित र मृत्युमा कमी देखिएको छ । यतिबेला संक्रमणका ४१ लाख नयाँ संक्रमित देखिए र ८४ हजारको मृत्यु भएको छ ।
पछिल्लो हप्ताको तुलना त्योभन्दा अघिल्लो हप्तासँग गर्दा नयाँ भेटिएका संक्रमितमा १४ प्रतिशत र मृत्यु दरमा २ प्रतिशतको कमी आएको छ ।
विश्व स्वास्थ्य संगठनको साप्ताहिक रिपोर्टका अनुसार यस हप्ता युरोपेली क्षेत्रमा नयाँ संक्रमित र मृत्युदरमा सबैभन्दा धेरै कमी देखिएको छ । त्यसपछि दक्षिण–पूर्व एशियामा पनि सुधार देखिएको छ ।
अमेरिकी, भूमध्यसागरीय, अफ्रिकी र पश्चिमी प्रशान्त क्षेत्रमा स्थिति लगभग अघिल्लो हप्ताजस्तै रह्यो । पश्चिमी प्रशान्त क्षेत्रमा मृत्युको आँकडामा सबैभन्दा धेरै वृद्धि देखिएको छ जबकी अन्य क्षेत्रमा सुधार आएको छ ।
अघिल्लो चार हप्तादेखि संसारभरीको स्थिति केही सुध्रिएको देखिएता पनि कोभिड मामिला र मृत्युको संख्या अहिले पनि अत्यधिक धेरै छ । साथै, थुप्रै देश यस्ता छन् जहाँ संक्रमितको संख्या र मृत्युमा बढोत्तरी देखिएको छ ।









