काठमाडौं— पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जना संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै भिड संक्रमणबाट पछिल्लो चौबीस घण्टामा १९३ जनाको मृत्यु भएको छ ।








