विशेष रिपोर्ट

आईपीएलका बाँकी खेल यूएईमा गर्ने सहमति, छिट्टै घोषणा गरिने

657 Shares एजेन्सी— इन्डियन प्रिमियर लीग (आईपीएल) का बाँकी खेलहरू संयुक्त अरब अमिरात (यूएई) मा खेलिने सहमति बनेको छ । सेप्टेम्बर र अक्टोबरबीचमा यी खेलहरू […]
[sharethis-inline-buttons]
आईपीएलका बाँकी खेल यूएईमा गर्ने सहमति, छिट्टै घोषणा गरिने

एजेन्सी— इन्डियन प्रिमियर लीग (आईपीएल) का बाँकी खेलहरू संयुक्त अरब अमिरात (यूएई) मा खेलिने सहमति बनेको छ ।

सेप्टेम्बर र अक्टोबरबीचमा यी खेलहरू खेलिनेछन् ।

यसको आधिकारिक घोषणा बीसीसीआईले गरिसकेको भने छैन । तर भारतीय सञ्चारमाध्यमहरूले स्रोतको हवाला दिँदै यूएईमा पहिले पनि आईपीएल गराइएकाले त्यहीँ नै खेल आयोजना गरिने प्रबल सम्भावना रहेको खबर दिएका छन् ।

यस विषयमा अन्तिम निर्णय लिनका लागि बीसीसीआईले शनिवार बैठक गर्ने भएको छ । त्यसमा नयाँ भेन्यु र मितिको घोषणा गरिनेछ ।

इंग्ल्यान्ड र भारतबीच अगस्ट ४ देखि चारवटा टेस्ट म्याचको शृंखला शुरू हुँदैछ । दोस्रो र तेस्रो टेस्टमा नौ दिनको अन्तर छ । त्यस ग्यापलाई घटाएर चार दिनमा झार्ने हो भने आईपीएलका लागि बढी दिन उपलब्ध हुनेछ ।

इंग्ल्यान्ड क्रिकेट बोर्ड र बीसीसीआईले यस विषयमा सहमति गर्ने भएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर