विशेष रिपोर्ट

प्रदेश २ : कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु

657 Shares वीरगञ्ज— वीरगञ्जका हाडजोर्नी रोगका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु […]
[sharethis-inline-buttons]
प्रदेश २ : कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु

वीरगञ्ज— वीरगञ्जका हाडजोर्नी रोगका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा. हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गरेका थिए ।

कोरोना संक्रमितको उपचारमा समेत खटिएका डाक्टर हुसैनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो ।

वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार डा. हुसैनको एक साता जति वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

‘संक्रमण पुष्टी भएपछि डाक्टर उदय नारायण सिंहले हेर्नुभएको हो, छातीको सिटी गराउनेवित्तिकै भर्ना गर्नुपर्छ भनेर सल्लाह दिनुभयो’ अन्सारीले भने, ‘दुवै फोक्सोमा कोभिड निमोनिया देखिएको थियो, स्वास प्रश्वासमा पनि समस्या थियो ।’

साभार : अनलाइनखबर

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर