काठमाडौं— राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा एमालेका उमेदवार रामबहादुर थापा बादल पराजित भएका छन् ।
नेकपा एमालेकै माधवकुमार नेपाल समूह निकट मानिएका नेता खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन् ।
कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् । उनले एमालेका उमेदवार रामबहादुर थापा बादललाई पराजित गरे ।
खिमलालले ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले ४०१४ मत पाए ।











