document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2834;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
धनुषा— धनुषाको मिथिला नगरपालिकाले आजदेखि आफ्नो सेवा बन्द गरेको छ ।
देशव्यापी रूपमा नयाँ भेरियन्ट सहितको कोभिड—१९ (कोरोना)को संक्रमणले नगरवासी र नगरपालिकामा कार्यरत कर्मचारीहरू समेत संक्रमित भएको भन्दै नगरपालिकाले अतिआवश्यक बाहेक सबै सेवा बन्द गरेको हो ।
जेठ ६ गतेदेखि जेठ १२ गतेसम्म नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू मध्ये स्वास्थ्य सेवा तथा अतिआवश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरू बन्द गरिएको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए ।

बुधवार एक सार्वजानिक सुचना जारी गर्दै मेयर महतोले हालको परिस्थिती अनुसार अत्यावश्यक सेवाका लागि नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूलाइ तयारी अवस्थामा बस्न पनि निर्देशन दिएको छ । उनले नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरूलाइ आवश्यक्ता अनुसार जेठ ६ गतेदेखि जेठ १२ गतेसम्मा तीनदिन मात्र कार्यालय सञ्चालन गर्न सूचनामा भनेको छ ।










