document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2798;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
दाङ— कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।
यसैगरी कोरोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो ।
रेडियो हापुरेमा कार्यरत उनले गत हप्तामात्र कोरोनालाई पराजित गर्नुभएको स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए । जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।
त्यस्तै जिल्लाका एक सङ्क्रमितको बाँकेमा निधन भएको छ । भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्षीय महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । रासस









