document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2794;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच हजार २१५ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार २४७ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा नौ हजार २४७ जनाको नतिजा पोजिटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ७६७ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।









