विशेष रिपोर्ट

मस्कटबाट ल्याइयो ५६० थान अक्सिजन सिलिन्डर

657 Shares काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली […]
[sharethis-inline-buttons]
मस्कटबाट ल्याइयो ५६० थान अक्सिजन सिलिन्डर

काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याएको छ ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिन्डर निगमको वाइडबडी ए ३३० जहाजले शनिाबर साँझ काठमाडौं ल्याएको हो । अक्सिजन सिलिन्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।

यस्तै, चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी जहाज शनिबारै राति ११ बजे त्यसतर्फ जाने बताइएको छ । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर