document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2723;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— भारतको राजधानी नयाँ दिल्लीमा थप एक साता लकडाउन हुने भएको छ ।
मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार सरोकारवाला सबैको सुझावअनुसार एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको बताएका छन् ।
दिल्लीमा अब मे १७ सम्म कडा लकडाउन जारी रहने र मेट्रो रेल पनि बन्द रहने हिन्दुस्तान टाइम्सले जनाएको छ ।
‘गएका दुई-तीन दिनमा राजधानीमा संक्रमणको दर ३५ बाट २३ प्रतिशतमा झरेको छ,’ मुख्यमन्त्री केजरीवालले भनेका छन् । यद्यपी यसलाई अझै नियन्त्रण गर्नु पर्ने भएकाले लकडाउन खोल्ने बेला भइनसकेको उनको भनाइ छ ।
भारतमा कोरोनाको दोस्रो लहरले आक्रान्त राज्यमध्ये दिल्ली पनि एक हो ।









