document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2706;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।
घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ ।
अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । शनिबार काबुलको पश्चिममा अवस्थित दश्त–ए–बार्चीको स्कुल बाहिर विष्फोट भएको थियो, जहाँ छात्राहरु थिए ।
समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटको समयमा सर्वसाधारण नागरिक पनि इद उल फित्रका लागि आवश्यक सामान किन्न नजिकको बजारमा निस्किएका थिए ।
मुस्लिम समुदायको पवित्र महिना रमजान अन्त्यको समयमा इद उल फित्र पर्व मनाइन्छ ।
विष्फोट भएको स्थानमा शिया हजरा समुदायको बसोबास छ । केही वर्षयता यो क्षेत्र चरमपन्थी समूह इस्लामिक स्टेटको निशानामा पर्दै आएको छ । सोही क्षेत्रमा रहेको सरकारी माध्यमिक विद्यालय स्कुल नजिक ठूलो आवाजका साथ विष्फोट भएको थियो ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन । तालिवान समूहले पनि यो घटनाको निन्दा गरेको छ ।









