document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2702;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जलाई १० थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रमुख शाक्यले व्यक्ति–व्यक्तिलाई संक्रमण हुनबाटै बचाउनेतिर योजना केन्द्रित गरिनुपर्नेमा जोड दिए । भेन्टिलेटरको जम्मा मूल्य दुई करोड नौ लाख रुपैयाँ रहेको बताइएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताइन् ।
अस्पतालमा अहिले दैनिक पाँच हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये दुई हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि कामपाको सहयोग आवश्यक रहेको प्रा. डा. काफ्लेले बताए । रासस









