वीरगञ्ज— वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको सिरसियाका ५५ वर्षीय पुरुष, बाराका ४५ वर्षीय र ५५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए ।








