document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2690;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएकी हुन् ।
उनले केही दिन अगाडि कोरोना परीक्षण गराएकी थिइन् । आज उनमा संक्रमण पुष्टि भएको जानकारी गराएकी छन् ।
उनी डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन् ।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्, “ मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।”









