document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2636;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौँ— निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडकचोक तथा सुरक्षा चेकजाँच स्थलमा ‘ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् ।
कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो ।
आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । अत्यावश्यक कामका लागि सवारी पास लिएकाभन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।
निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ ।
काठमाडौँ उपत्यकाको चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोडगेट, केशरमहल र कलङ्कीलगायतका क्षेत्रमा बिहानको समयमा ट्राफिक जाम हुने गरेको छ । जामका कारण सुरक्षाकर्मीलाई समेत अत्यावश्यक सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनकराज दाहालले अत्यावश्यकबाहेकका सवारीसाधनलाई समेत सञ्चालन गर्न दिँदा समस्या आएको बताए । बैङ्क तथा वित्तीय संस्था, विवाह, अस्पताल, खाद्य र तरकारी बोक्ने नाममा धेरै गाडी गुड्ने गरेका छन् । गोरखापत्रमा खबर छ ।









