विशेष रिपोर्ट

पत्रकारलाई घरबाटै काम गर्ने वातावरण मिलाउन सञ्चारगृहलाई महासंघको आग्रह

657 Shares महोत्तरी— नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई […]
[sharethis-inline-buttons]
पत्रकारलाई घरबाटै काम गर्ने वातावरण मिलाउन सञ्चारगृहलाई महासंघको आग्रह
657
Shares

महोत्तरी— नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग मागसमेत गरेको छ ।

समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न पनि महासंघ आग्रह गरेको छ ।

सबै आमसञ्चारकर्मीमा महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि अग्रभागमा रहेर कर्तव्य पालना गर्न विज्ञप्ती मार्फत महासंघले अपिल गरेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर