document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2513;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् ।
कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।
मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।
चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको डीएसपी लामाले जानकारी दिए ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप आफैं अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको लामाको भनाइ छ । जिपमा ११ जना सवार थिए ।









