document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2450;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ ।
जनकपुरधाम प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बुधबार एक कार्यक्रम बीचकार्यालय स्थापना गरिएको हो ।
प्रतिष्ठानको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
प्रदेश सरकारले यसअघि १८ माघमा प्रतिष्ठानको उपकुलपतिमा डा. राम केवल साह, रजिस्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिसकेको छ । प्रतिष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रष्ठिानलाई प्रदेश सरकारले प्रादेशिक गौरवको रुपमा अगाडि बढाउने बताएका छन्।
प्रदेशमा स्वास्थ्यको हिसाबले जनताको सहज किसिमले सबै रोगको उपचार यही अस्पतालभित्र गर्ने वर्षैंको आकांक्षालाई पूरा गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रदेशको स्वास्थ्य इतिहासमा प्रदेश सरकारबाट गरिएका सबैभन्दा महत्वपूर्ण कार्यको लिस्टमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको उनको भनाइ छ ।









