document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2424;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।
नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने छैन’ उनले अघि भने, ‘विश्वको कुनै भागमा पुगेपनि छोडिने छैन । समाताएर ल्याएर कारबाही गरिनेछ ।’
उनले अघि भने, ‘२/४ दिन भाग्लान, एक वर्ष उम्किएलान् । एक वर्ष थर्कमानको जिन्दगी बिताएपनि सजाय घट्ने बाला छैन । पुराकापुरा सजाय गरेर छोड्ने छौं ।’
प्रधानमन्त्रीले भागरथी हत्यामा संलग्न अपराधी केही समयभित्रै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।









