document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2264;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी छिन् ।
मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमनत्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेको उल्लेख छ ।










