document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2241;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सर्प दंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
सर्प दंशका कारणले कतिपयको ज्यान गइरहेको बेलामा २२ शय्याको सर्प दंश उपचार केन्द्र आजदेखि सञ्चालनमा आएको हो ।
सर्प दंश उपचार केन्द्रको भवन निर्माण संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ( युएनडिपी )ले गरेको छ भने क्षिरेश्वरनाथ नगरपालिकाले उपकरण तथा सञ्चालनको व्यवस्थापन गरेको नगरप्रमुख योगेन्द्र पजियारले जानकारी दिए ।
युएनडिपीको १ करोड २० लाख लगानीमा भवनको निर्माण भएको छ भने उपकरण, शय्यासहितका अन्य व्यवस्थापनमा नगरपालिकाको १ करोड गरेर २ करोड २० लाखको लागतमा सर्प दंश उपचार केन्द्रको निर्माण भएको छ ।
निःशुल्क रुपमा सर्प दंशको उपचार गर्ने नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले जानकारी दिए । साथै सर्प दंशको उपचार नेपाली सेनाको श्रीनाथ गणले खटाएको चिकित्सकसहितको प्राविधिक टोलीले गर्ने भएको छ ।
सर्प दंश उपचार केन्द्रको उद्घाटन गर्दै प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले सर्प दंश उपचार केन्द्रले यस क्षेत्रका जनतालाई अनिकाल मृत्यु हुनबाट जोगाउनका लागि प्रभावकारी उपचार गर्ने विश्वास व्यक्त गरे ।
उनले प्रदेश नंं २ विषालु सर्प बस्ने प्रदेश भएका कारणले प्रदेशमा नै एन्टिभेनम खोपको उत्पादनका लागि प्रदेश सरकार अगाडी बढेको बताए । उनले सर्प दंश उपचार केन्द्रको सञ्चालन, सरसफाइ तथा व्यवस्थापनमा नगरपालिकाले ध्यान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले सर्प दंश उपचार केन्द्रको सञ्चालनका लागि तत्काल १५ लाख तथा वार्षिक रुपमा १० लाख रकम नगरपालिकाले प्रदान गर्ने बताए ।
सर्प दंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूले सम्बोधन गरेका थिए ।
खास गरेर सर्प दंश उपचार केन्द्र धनुषाको महेन्द्रनगरमा सञ्चालनमा आएपछि धनुषा, महोत्तरी तथा सिराहा जिल्लाका अतिरिक्त सीमावर्ती भारतका जनताले पनि निःशुल्क उपचार पाउने भएका छन् ।









