विशेष रिपोर्ट

अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

657 Shares एजेन्सी- पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । महिला पत्रकार  मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको […]
[sharethis-inline-buttons]
अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

एजेन्सी- पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । महिला पत्रकार  मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

अफगानिस्तानको जलालावादमा निजी कामको सिलसिलामा हिँडिरहेकी उनको गाडीमाथि हतियारीधारी व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो ।

आक्रमणमा उनका चालक समेत मारिएका छन् । आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । मलाला एनिकास टिभी र रेडियोमा कार्यरत रहेकी थिइन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले आक्रमणकारी भाग्न सफल भएको बताएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर