document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2191;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- भारतको झारखण्ड राज्यको दुमका जिल्लामा एक महिला सामूहिक बलात्कारको शिकार बनेकी छन् । पतिलाई बन्धक बनाएर युवाको एउटा समूहले बलात्कार गरेको पीडित पक्षको आरोप छ । मंगलबार राती मेलाबाट घर फर्कने क्रममा सो दम्पत्तिलाई बाटोमै युवाको एउटा समूहले घेरेको बताइन्छ ।
मुफस्सिल थाना क्षेत्र अन्तर्गत भएको सो घटनालाई प्रहरीले पुष्टि गरेको छ । बुधबार बिहान पीडित महिला र उनका पतिले घटनाबारे प्रहरीसमक्ष उजुरी गरेका छन् । लगत्तै प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षण गराएको बताइन्छ ।
संताल परगना क्षेत्रका पुलिस उपमहानिरीक्षक सुदर्शनप्रसाद मण्डलका अनुसार घटनामा १७ युवा संलग्न रहेको पीडित पक्षको भनाइ छ । बलात्कारमा संलग्न आरोपितहरुको पहिचान गर्ने काम भइरहेको उनले जनाए । पीडित महिलाले १७ आरोपितमध्ये एक जनालाई पहिचान गरेको बताइएको छ । यद्यपि ती व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार राति मेलाबाट घर फर्कने क्रममा करिब ८ बजे बाटोमा बसेका युवाको समूहमध्ये पाँच जनाले पतिलाई बन्धक बनाएको र बाँकी युवाले महिलालाई झाडीतिर लगेर बलात्कार गरेको पीडित पक्षको भनाइ छ । यसैबीच भारतको राष्ट्रिय महिला आयोगले उक्त घटनाबारे ध्यानाकर्षण भएको भन्दै राज्यका प्रहरी महानिर्देशकलाई पत्र पठाएको छ । आयोगकी अध्यक्ष रेखा शर्माले लेखेको पत्रमा यौन शोषणको मामिलामा दुई महिनाभित्र अनुसन्धान पूरा गर्नुपर्ने केन्द्रीय गृह मन्त्रालयको दिशा निर्देशन पालना गर्न पनि प्रहरीलाई आग्रह गरिएको छ ।









