document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2159;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर- धनुषाको मिथिला नगरपालिकामा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको छ । मिथिला नगरपालिका–६ ढल्केवरस्थित रहेको स्वास्थ्य चौकीमा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको हो ।
एक स्थानीय तह, एक अस्पताल बनाउने सरकारको योजना अन्तर्गत सो अस्पताल निर्माण गर्न लागिएको हो । सोमवार मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो र उपमेयर तारा कुमारी बस्नेतले अस्पताल भवनको शिल्यानास गरेका हुन् ।
पञ्चवर्षिय योजनामा रहेको सो अस्पताल संघिय सरकारको करिब १८ करोडको लागतमा निर्माण हुन लागेको मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले जानकारी दिए । उनले पहिलो चरणमा यस बर्षको लागि सरकारले ३ करोड २३ लाख रुपैया छुट्याएको बताए ।
चालु आर्थिक वर्षमा देशभर ३९६ स्थानमा पाँच देखि १५ शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारको योजना छ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ ।









