document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1928;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ ।
गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ६० हजार ९५८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५६१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार १२१ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७५४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८०८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना सङ्क्रमित भएका छन् । बेलायतमा ४८ हजार ९७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । –एएफपी









