document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1892;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार राति टीभमार्फत सम्बोधन गर्ने क्रममा एकपछि अर्को झूटो बोलेको भन्दै टीभी च्यानलहरूले प्रत्यक्ष प्रसारण बीचैमा काटेका छन् ।
उनले गलत सूचना फैलाएको भन्दै प्रसारण काटिएको हो ।
ट्रम्पले १७ मिनेटको सम्बोधनमा प्रमाणरहित दाबीहरू गरे । डेमोक्रेटहरूले अवैध भोट हालेको अनि निर्वाचन हडप्न खोजेको आरोप उनले लगाए ।
महत्त्वपूर्ण राज्यहरूमा ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले अग्रता बढाउँदै लगेको अवस्थामा ट्रम्पको आक्रोश अभिव्यक्त भएको हो ।
‘अमेरिकाका राष्ट्रपतिको भाषणको प्रसारण बीचैमा रोक्ने मात्र नभई सुधार्ने स्थितिमा हामी आइपुगेका छौं,’ एमएसएनबीसी टीभीका प्रस्तोता ब्रायन विलियम्सले बताए । अनि उक्त टीभीले प्रत्यक्ष प्रसारण बीचैमा रोक्यो । एनबीसी र एबीसी न्युजले पनि ट्रम्पको प्रत्यक्ष प्रसारण रोके ।
‘अमेरिकी जनताले आफ्ना राष्ट्रपतिबाट यस्तो कुरा सुन्नुपरेको विरक्तलाग्दो स्थिति हो,’ सीएनएनका जेक ट्याप्परले बताए ।
निर्वाचन हडपेको भन्ने झूटमाथि झूट बोलेको र कुनै प्रमाण नदिइकन आरोप मात्र लगाएको भनी उनले ट्रम्पको भाषणको व्याख्या गरे ।









