document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1867;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- सनराइजर्स हैदरावादले शीर्ष स्थानको मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित हासिल गरेको छ । यससँगै आईपीएल क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ ।
प्लेअफ प्रवेशका लागि जित्नै पर्ने दबाबमा रहेको हैदरावादले १ सय ५० रनको लक्ष्य १७ दशमलव एक ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको थियो । उसका लागि कप्तान डेभिड वार्नरले ८५ र रिद्धिमान साहले ५८ रन बनाए ।
यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । उसका लागि केरोन पोलार्डले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले ३६, इशान किशनले ३३ तथा क्विन्टन डिककले २५ रन बनाए ।
बलिङतर्फ हैदरावादका सन्दीप शर्माले ३ तथा ज्यासन होल्डर र साहबाज नदीमले समान दुई–दुई विकेट हात पारे । चार ओभर बलिङ गर्दा १९ रन मात्र खर्चिएका नदीम म्यान अफ द म्याच चुनिए ।
यो जितसँगै हैदरावादले आईपीएलको प्लेअफमा स्थान सुरक्षित गर्न सफल भयो ।
अब पहिलो क्वालिफायरमा साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा पहिलो इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।









