document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1783;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- आईपीएल क्रिकेटमा कप्तान इयान मोर्गानको उत्कृष्ट ब्याटिङ र पेट कमिन्सको कसिलो बलिङको मद्दतमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।
कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो ।
कोलकाताका लागि पेट कमिन्सले चार विकेट लिए । उनी म्यान अफ द म्याच भए । शिवम माझी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।
जितसँगै कोलकाताले जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ । राजस्थानको यात्रा भने यहीँबाट टुंगिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।
कोलकाताका लागि कप्तान इयान मोर्गनले नटआउट ६८ रन बनाए । ३५ बल सामना गरेका उनले ६ छक्का र ५ चौका प्रहार गरे ।
यसैगरी शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र पेट कमिन्सले १५ रन बनाए ।
बलिङतर्फ राजस्थानका राहुल तेवटियाले ३ र कार्तिक योगीले २ विकेट लिए ।
१९२ रनको विजय लक्ष्य पछ्याएको राजस्थानलाई कोलकाताका बलरहरुले खुलेर खेल्नै दिएनन् । ओपनर रोबिन उथप्पा ६ रन बनाएर आउट भए । उनी पेट कम्सिनको बलिङमा कमलेश नगरकोटीको हातबाट क्याच आउट भए ।
बेन स्टोक्सलाई पनि पेट कमिन्सले १८ रनमा आउट गरे । उनी दिनेश कार्तिकको हातबाट क्याच आउट भए ।
स्टिभ स्मिथ पनि कमिन्सकै शिकार बने । उनी चार रनमा आउट भए ।
सन्जु सामसनले १ रन मात्र बनाउन सके । अन्य ब्याट्सम्यानभन्दा जोस बटलर केही खुलेर खेल्न खोज्दै थिए । तर उनी पनि वरुण चक्रवर्तीको बलिङ र कमिन्सको क्याचबाट आउट भए । उनले २२ बलमा ३५ रन बनाए ।
रियान परागलाई कमिन्सले खाता नै खोल्न दिएनन् । यसैगरी राहुल तिवटियाले २७ बलमा ३१ रन बनाए । श्रेयस गोपाल २३ रनमा नटआउट रहे । जोफ्रा आर्चरले ६ र कार्तिक त्यागीले २ रन बनाए ।









