document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1780;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स एलाभेन पञ्जाब चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ ।
पञ्जाबले दिएकाे एक सय ५४ रनकाे लक्ष्य चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै भेट्यायाे । चेन्नईका लागि रुतुराज गायकवाडले अविजित ६२, फाफ डु प्लेसीले ४८ र अम्बाती रायुडुले अविजित ३० रन बनाए ।
पञ्जाबका लागि क्रिस जोर्डनले एक विकेट लिए । हारसँगै पञ्जाबको प्लेअफ खेल्ने सम्भावना सकिएको छ । चेन्नईको भने यसअघि नै प्लेअफ खेल्ने सम्भावना सकिएको थियो ।
यसअघि आबुधाबीको शेख जयेद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । पञ्जाबका लागि दीपक हूडाले ३० बलमा अविजित ६५ रन र मयङ्क अग्रवालले १५ बलमा २६ रन बनाए ।
बलिङतर्फ लुङ्गी एन्गिडीले तीन विकेट लिँदा शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले समान एक–एक विकेट लिए । चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनायो ।









