document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1692;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान जारी छ ।
मतदान तीन चरणमा हुने छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
दोस्रो चरणको मतदान ३ नोभेम्बरमा र तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुने निर्वाचन तालिका छ । निर्वाचनको नतिजा १० नोभेम्बरमा सार्वजनिक हुने छ ।
सबैभन्दा धेरै २७ उम्मेदवार गया टाउनमा छन् भने सबैभन्दा कम ५ उम्मेदवार कटोरियाबाट चुनाव लडेका छन् ।
पहिलो चरणको निर्वाचनमा राष्ट्रिय जनता दल (राजद)ले सबैभन्दा धेरै ४२ सिटमा उम्मेदवारी दिएको छ । यसैगरी लोक जनशक्ति पार्टी (लोजपा) ले ४१, राष्ट्रिय लोक समता पार्टी (रालोसपा) ४०, भारतीय जनता पार्टी (भाजपा) २९ सिटमा चुनाव लडेका छन् । भाजपाको सहयोगी एवम् नितिश कुमार नेतृत्वको पार्टी जनता दल युनाइटेड (जेडीयु) ३५ सिटमा चुनाव लडेको छ ।
३५ सिटमा कांग्रेस र ८ सिटमा कम्युनिस्टका उम्मेदवार चुनावी मैदानमा छन् ।
जितन राम माझीको हम–एस ६ सिटमा र मुकेश सहनीको वीआईपी एक सिटमा चुनाव लडेका छन् । मतदाता २ करोड १४ लाख छन् ।









