विशेष रिपोर्ट

आगामी महिनाहरुमा कोरोनाको समस्या थप बढ्नसक्छ : डब्लूएचओ

657 Shares काठमाडौं- विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक टेड्रोस एडह्यानम गिब्रियससले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन्। उनले यो महामारीको नियन्त्रणका […]
[sharethis-inline-buttons]
आगामी महिनाहरुमा कोरोनाको समस्या थप बढ्नसक्छ : डब्लूएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक टेड्रोस एडह्यानम गिब्रियससले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन्।

उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेका छन्।

‘कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ’ शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा उनले भने,‘कतिपय नर्दन हेम्सफियरका देशहरुमा यो समस्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै समस्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ।’

विश्वका कतिपय देशमा बढ्दो मात्रामा देखिएको महामारी हेर्दा आगामी दिनहरु थप समस्यग्रस्त हुनसक्ने भन्दै उनले विश्वमा महामारीको समस्या रहेको बताए।

हालैमात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताएका थिए।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न महासचिव गुटर्रेसले आग्रह गरेका थिए। रासस/सिन्ह्वा

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर