विशेष रिपोर्ट

एकैदिन ५७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

657 Shares काठमाडौं- नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ […]
[sharethis-inline-buttons]
एकैदिन ५७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७४३ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ५७६  रहेको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ९९६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९९ हजार ६०५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर