काठमाडौं- नेपालमा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ ।
मन्त्रालयका पछिल्लो २४ घण्टामा १ हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा हालसम्म ७४ हजार २५२ संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।









