document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1371;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- चर्चित हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्ययलाई कोरोना संक्रमण भएको छ ।
मंगलबार सामाजिक सञ्जालबाट जानकारी दिदैं कलाकार आचार्यले सामान्य लक्षण देखिएकोले हिंजो आफ्नो र श्रीमती रमिलाको स्वाव परीक्षण गरेको र आज दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको बताएका छन् ।
उनले स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका छन् । उनले भनेका छन्– ‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’









