document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1340;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको तीन दिनपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको कोडिभको उपचार जारी रहनेछ ।
अस्पतालबाट मरिन वान हेलिकप्टरमा उनी ह्वाइट हाउस पुगेका थिए । ‘म निकै राम्रो महसुस गरिरहेको छु,’ ट्रम्पले यसअघि ट्वीट गरेका थिए, ‘कोभिडसँग नडराऊ । यसलाई तिम्रो जीवनमा हावी हुन नदेऊ ।’
अमेरिकामा ७४ लाखभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ भने २ लाख १० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
डाक्टर तथा ह्वाइट हाउसबाट परस्पर विरोधी वक्तव्य आएपछि ट्रम्पको स्वास्थ्य अवस्थामा बारे अझै अन्यौलता रहेको छ । त्यस्तै, ह्वाइट हाउसमा संक्रमणको फैलावटको अवस्था पनि अज्ञात छ ।
निलो सुट, टाइ र मास्क लगाएर वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका ट्रम्पले सबैलाई धन्यवाद दिएका थिए । उनले पत्रकारहरुको प्रश्नको उत्तर भने दिन चाहेनन् ।
ह्वाइट हाउस पुगेर उनी एक्लै बरन्डामा देखिएका थिए । त्यसपछि उनले मास्क खोल्दै फोटोका लागि पोज दिएका थिए ।









