document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1321;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली आज दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।
त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ ।
यसैबीच, सुडानमा आफनो तोकिएको कार्यकाल पूरा गरीे नेपाली शान्ति सैनिकको एक टोली मङ्गलबार स्वदेश आइपुग्दैछ । रासस









