document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1297;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
बाग्मती- एक हजार लिटर अवैध घरेलु मदिरासहित ना ६ ख ५४०४ नं ट्रकका चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय सिमरामा आज बुझाएको छ ।
हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको उक्त ट्रकलाई बाराको जितपुर सिमरामा नियमित सवारी जाँचका क्रममा शङ्का लागि जाँच गर्दा सो मदिरा फेला परेको थियो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने ट्रक चालक ३७ वर्षीय भीमसेन पुलामी तथा हेटौँडा–१४ बस्ने सहचालक ३३ वर्षीय लक्ष्मण वल रहेको प्रहरीले जनाएको छ । रासस









