काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गरे ।

उनले जो जहाँ जुन अवस्थामा छ त्यही नै दशैं मनाउन अपिल समेत गरे ।  पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् ।

आइतबार मात्रै आज देशभरी २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ ।

साभार : रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय