विशेष रिपोर्ट

थप २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६ हजार नाघ्यो

657 Shares काठमाडौं- नेपालमा थप २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा […]
[sharethis-inline-buttons]
थप २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६ हजार नाघ्यो

काठमाडौं- नेपालमा थप २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २५३ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ०७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर