document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1277;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
राँझा- बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । भीमदत्त नगरपालिका २ महेन्द्रनगर कञ्चनपुर निवासी २९ वर्षीया सुत्केरीको आज उपचारकै क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठकाअनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्माएपछि उच्च रक्तश्रावका कारण पाठेघरको शल्यक्रिया गर्नाका साथै आठ पिन्ट होल रगत र चार पिन्ट प्लेटीलेस रगत दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा सिफारिस गरिएको थियो ।
सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएकोे सिफारिशपत्रमा उल्लेख छ । असोज १५ गते अपराह्न ४ बजे शिक्षण अस्पतालमा भर्ना हुँदा बिरामीको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
बिरामीको अवस्थानुसार गरिनुपर्ने सबै प्रकारका उपचार गर्दा समेत अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए । यससँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । बाँकेका मात्रै २० जनाको कोेरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ । रासस









