विशेष रिपोर्ट

सुदूरपश्चिममा १ सय १३ जना प्रहरी कोरोना सङ्क्रमित

657 Shares कैलाली- सुदूरपश्चिम प्रदेशमा आज थप ७६जनामा कारोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको […]
[sharethis-inline-buttons]
सुदूरपश्चिममा १ सय १३ जना प्रहरी कोरोना सङ्क्रमित

कैलाली- सुदूरपश्चिम प्रदेशमा आज थप ७६जनामा कारोना सङ्क्रमणको पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुराका थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३३५पुगेको छ । सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक  सङ्क्रमितको स्वास्थ्यवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  उनको प्लाज्मा थेरापी विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

हालसम्म कोरोनाका कारण कैलालीका छ, बझाङ र बाजुराका दुईदुई र अछाममा एक जनासमेत ११ जनाको मृत्यु भएको छ । यही भदौ १० गते यता कोरोना भाइरसको मृत्यु दर स्थिर छ । रासस

 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर