document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 871;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
मोरङ- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ९५ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तिनमा ३० महिला र ६५ पुरुष छन् । सङ्क्रमितमा मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा छ, धनकुटा र तेह्रथुममा दुईदुई तथा प्रदेश बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तीमध्ये १३ महिला र २० पुरुष छन् । मोरङको सुन्दरहरैंचामा तीन पुरुष, लेटाङमा दुई महिला र एक पुरुष, कटहरीमा दुई पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा एक पुरुष र बूढीगङ्गामा एक महिलामा सङ्क्रमण देखिएको हो ।
यस्तै सुनसरीको धरानमा चार महिला र १७ पुरुष, इटहरीमा एक महिला र दुई पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका एकएक पुरुष र देवानगञ्जमा एक महिला, झापाको कमल गाउँपालिकामा दुई महिला र चार पुरुष, बिर्तामोडमा चार महिला र एक पुरुष, अर्जुनधारामा एक पुरुष, संखुवासभाको खाँदबारीमा पाँच पुरुष र मादीमा एक पुरुष, धनकुटाको शहीदभूमिमा एक पुरुष, धनकुटा नगरपालिकामा एक महिला, तेह्रथुमको म्याङ्लुङमा एक महिला र एक पुरुष तथा प्रदेश बाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नं १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६८० पुगेको छ । हालसम्ममा प्रदेशमा एक हजार ७४७ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ७९० जनाको पिसिआर परीक्षण भई कुल ९३ हजार २९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस









