document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 715;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
कैलाली- सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज सेतीप्रादेशिक अस्पतालबाट ४२ र डडेल्धुरा अस्पताल प्रयोगशालाबाट थप ३३ गरी ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कैलालीका २१ पुरुष ११ महिला, कञ्चनपुरका ७ पुरुष, ३ महिला, डडेल्धुराका २ पुरुष, अछामका १९ पुरुष, ४ महिला रहेका छन् ।
त्यसैगरी बैतडीका ३ पुरुष, २ महिला, दार्चुलाका १ पुरुष र बझाङ्ग का २ पुरुष र १ महिलामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
उनले हाल सम्म पिसिआर बिधिबाट ५२ लाख २१३ को जाच गरिएको बाट ५हजार २२४ जना फेला परेका संक्रमित रहेको बताए ।
४६ हजार ९८९ जनामा नेगेटिभ आएको र ३ हजार २७२ को नतिजा आउन बाकी रहेको उनले बताए ।
हाल सम्म ४ हजार ३७७ जना निको भएर घर गई सकेका छ भने ११ जना संक्रमितको को मृत्यु भई सकेको उनले बताए ।
फेला परेका संक्रमित मध्ये अछामका ८१८, बैतडीका ३३०, बझङ्गका २८८, बाजुराका ३१२, दार्चुलाका ४४, डोटीका ८४४, कैलालीका १५०५, कंचनपुरका ६३१, गरी ५२२४ रहेको उनको भनाइ छ ।









