विशेष रिपोर्ट

वीरगञ्जको कोरोना अस्पतालबाट दुई संक्रमित भागे

657 Shares वीरगञ्ज- वीरगञ्जमा दुई जना कोरोना संक्रमित वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट भागेका छन् । राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि […]
[sharethis-inline-buttons]
वीरगञ्जको कोरोना अस्पतालबाट दुई संक्रमित भागे

वीरगञ्ज- वीरगञ्जमा दुई जना कोरोना संक्रमित वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट भागेका छन् ।

राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

साभारः अनलाइनखबर

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर