document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 627;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सप्तरी- सप्तरीको राजविराज नगरपालिकामा बधुबार १४ जना कोरोना संक्रमित थपिएका छन् । एक साताअघि राजविराज-६ मा कोरोनाबाट मत्यु भएका वृद्धको घरमा भाडामा बस्दै आएका चार जना र उनको तीन जना छिमेकीमा संक्रमण पुष्टि भएको छ ।
उनको घरमा कोठा भाडा लिई बस्दै आएका ४ वर्षीया बालिका, २० र २५ बर्षीया महिला तथा ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको वडा अध्यक्ष प्रेम यादवले बताए ।
यस्तै मृतक वृद्धका तीन जना छिमेकीमा पनि कोरोना संक्रमित पुष्टि भएको उनले बताए । उनका अनुसार दुई जना ५३ वर्षका र एक जना १६ वर्षका छिमेकीमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी राजविराज वडा नम्बर १ र २ मा ३/३ जना तथा वडा नम्बर ७ मा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १ का १५, २१ र ९, वडा नम्बर २ का १६, १४ र २४ तथा वडा नम्बर ७ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबारै सप्तरीको रुपनी गाउँपालिका वडा नमबर ६ का ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
साभारः अनलाइनखबर









