document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 589;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- बलिउडका चर्चित निर्देशक निशिकान्त कामतको निधन भएको छ । दृश्यम’, ‘मुम्बई मेरी जान’ का निर्देशक कामतको ५० वर्षको उमेरमा निधन भएको हो ।
उनको उपचार भइरहेको एआईजी अस्पतालले बयान जारी गर्दै सोमबार बेलुका करिब साढे चार बजे उनको निधन भएको जानकारी दिएको छ । उनी पछिल्लो दुई वर्षदेखि लिभर सिरोसिस रोगबाट ग्रसित थिए ।
उनी जुलाई ३१ देखि हैदराबादको एक अस्पतालमा भर्ना थिए । नायक अजय देवगत र रितेश देशमुखले ट्वीट गरेर दुःख जताएका छन् ।
उनले निर्देशन गरेको फिल्म दृश्यममा काम गरेका अजय देवगनले उनको निधनमाथि शोक व्यक्त गर्र्दै उनीसँगको सम्बन्ध दृश्यमसम्म मात्रै सिमित नभएको बताए । उनले लेखेका छन्, ‘उनीसँगको सम्बन्ध त्योभन्दा पनि निकै माथि थियो । उनी सधैं हाँसिरहने र अत्यधिक प्रतिभाशाली कलाकार थिए । उनी निकै छिटो बिदा भए ।
निशिकान्त कामत सन् २००८ मा ‘मुम्बई मेरी जान’ फिल्मबाट निर्देशनको क्षेत्रमा कदम राखेका थिए । उनले थुप्रै फिल्ममा अभिनय पनि गरेका थिए । उनले जोन अब्राहमको फिल्म रकी ह्यान्डसममा भिलेनको भूमिका निभाएका थिए ।
उनको फिल्म दृश्यम निकै सफल रह्यो । यो फिल्ममा अजय देवगन र तब्बू थिए । निशिकान्त कामतले रियालिस्ट फिल्मको निर्माणमा आफ्नो छाप छोडे । जीवनको अन्तिम समयमा उनी आफ्नो फिल्म दरबदरको तयारीमा जुटेका थिए । यो फिल्म सन् २०२२ मा रिलिज हुँदैथियो ।
My equation with Nishikant was not just about Drishyam, a film which he directed with Tabu and me. It was an association that I cherished. He was bright; ever-smiling. He has gone too soon.
RIP Nishikant 🙏— Ajay Devgn (@ajaydevgn) August 17, 2020












