document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 392;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- जनकपुरधामका पूर्व नगर प्रमुख कृष्ण गिरीको मृत्यु भएको छ । ललितपुरस्थिति मेडिसिटी अस्पतालमा उपचाररत गिरीको राति १२ बजेर १० मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जनकपुरधामस्थित होटेल रामाका सञ्चालक समेत रहनुभएका ७२ वर्षीय गिरीलाई मस्तिष्कघात भएपछि साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरधाम–२ मिल्स एरिया निबासी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
परिवारका सदस्य अनुराग गिरीका अनुसार उपचारकै क्रममा राति निधन भएको र शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गर्दैछ । उपचारकै क्रममा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको बताइएको छ । उहाँका श्रीमति र दुई छोरा छन् । बिक्रम सम्वन् २०४४÷४५ मा जनकपुरधाम नगरपालिकाको मेयरमा निर्वाचित उहाँ पञ्चायत कालका अन्तिम मेयर हुनुहुन्थ्यो ।
अष्ट्रेलिया र बेलायतमा रहनुभएका गिरीका दुबै छोरा एक साता अघि मात्रै नेपाल आउनुभएको हो । बि.सं. २००५ साल साउन २७ गते जन्मिनुभएका गिरीको ७२ वर्ष पुरा भएकै दिन निधन भएको हो । साभारः गोरखापत्र









