काठमाडौं- नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ४५४ संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९७२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३६  हजार ६७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१  प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय