विशेष रिपोर्ट

नेपाली साहित्यमा स्व. घिमिरेको अतुलनीय योगदान : मुख्यमन्त्री पौडेल

657 Shares हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली साहित्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको अतुलनीय योगदान रहेको बताएका छन् । घिमिरेको निधनमा मंगलवार एक शोक वक्तव्य जारी […]
[sharethis-inline-buttons]
नेपाली साहित्यमा स्व. घिमिरेको अतुलनीय योगदान : मुख्यमन्त्री पौडेल
d'VodGqL kf}8]nåf/f ;Daf]wg sfe|]knf~rf]s, % c;f]h -/f;;_ M k|b]z g+ # sf d'VodGqL 8f]/dl0f kf}8]n lhNnf ;dGjo ;ldlt sfe|]knf~rf]såf/f :yfgLo txsf] Ifdtf clej[l4sf ug{ nflu w'lnv]ndf cfof]lht b'O{lbg] lhNnf:t/Lo sfo{zfnf uf]i7LnfO{ cfOtaf/ ;Daf]wg ub}{ . t:jLj/ M /fhs'df/ k/fh'nL

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली साहित्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको अतुलनीय योगदान रहेको बताएका छन् ।

घिमिरेको निधनमा मंगलवार एक शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री पौडेलले राष्ट्रकवि घिमिरेले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बताए ।

‘‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ? उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ?’ देशका अमूल्य निधि श्रद्धेय राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले स्तब्ध बनाएको छ, नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व स्व घिमिरेप्रति हार्दिक श्रद्धाञ्जलि !’ मुख्यमन्त्री पौडेलले वक्तव्यमार्फत भनेका छन् ।

मुख्यमन्त्री पौडेलले साहित्यको माध्यमले सम्पूर्ण नेपालीलाई एकताबद्ध गराउन तथा कविताको माध्यमबाट राष्ट्र र राष्ट्रियतासँगै नेपाली मैलिकतालाई जीवन्त राख्न १०१ वर्षे जीवनकालमा स्व घिमिरेले अतुलनीय योगदान दिएको उल्लेख गरे ।

‘नेपाली भाषा र साहित्यमा राष्ट्रकवि घिमिरेले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ,’ पौडेलद्वारा जारी वक्तव्यमा उल्लेख छ । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर